काठमाडौँ, ४ असार । कोपा अमेरिका कपमा अर्जेन्टिनाले भालि बिहान पाराग्वेसँग आमने सामने गर्दैछ । पहिलो खेलमा कोलम्बियासँग पराजित भएपछि अर्जेन्टिनालाई खेल जित्नै पर्ने दबाब रहेको छ ।
पहिलो खेलमा आक्रामक खेल खेलेको अर्जेन्टिना बारम्बार गोल गर्न चुकेको थियो ।
यस खेलमा पनि नतिजा आफ्नो पक्षमा ल्याउन नसके कोपा अमेरिका कपको लिग चरणबाटै बाहिरिने सम्भावना बलियो हुनेछ । यस समुहमा कोलम्बिया तीन अंकका साथ पहिलो स्थानमा रहेको छ ।
पाराग्वे र कतारको एकएक अंक रहेको छ । अर्जेन्टिनाले यस खेलमा अंक जोड्नै पर्ने बाध्यता रहेका कारण पनि गर वा मरको अवस्था रहेको छ । अर्जेन्टिनाले सन् २०१५ र सन् २०१६ को कोपा अमेरिका कपको फाइनलसम्मको यात्रा तय गरेको थियो ।
तर, दुवैपटक चिलीसँग पराजित हुन पुगेको थियो ।
The post अर्जेन्टिना गर वा मरको अवस्थामा appeared first on Sajha Post.