काठमाडौँ, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका कपमा भेनेजुयलाले बोलिभियालाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
खेलमा अग्रता बोलिभियाले लिएको थियो । मार्कोस मोरेनोको गोलमार्फत अग्रता बनाएको बोलिभियाविरुद्ध खेलको ४५ औँ मिनेटमा भेनेजुयलाका जोसे पाउलोले बराबरी गोल फर्काएका थिए ।
खेलको ५५ औँ मिनेटमा जेफरसनले गोल गर्दै भेनेजुयलालाई अग्रता दिलाए ।
खेलको ९० औ मिनेटमा भेनेजुयलाका लागि इडिसनले गोल गरे । यो जितसँगै भेनेजुयलाले ३ खेलमा ५ अंक जोड्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
The post भेनेजुयला क्वाटरफाइनलमा प्रवेश appeared first on Sajha Post.