काठमाडौँ, ८ असार । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोमेलु लुकाकुले क्लब छोड्ने हल्ला चलिराखेको छ ।
मिडिया रिपोर्टका अनुसार उनी इटालियन क्लब इन्टर मिलान जान चाहेका छन् ।
म्यानुमा सोचेजस्तो खेल प्रदर्शन गर्न नसकेपछि उनले क्लब छोड्ने निर्णय लिएको बताइएको छ । क्लब पनि उनलाई बेच्न चाहेको बताइएको छ ।
फुटबल समीक्षकहरुले उनको इंग्ल्याण्डमा करिअर सकिएको समेत बताएका छन् ।
म्यानुले लगानी गरेको ठुलो रकम बेकार भएको र लुकाकुलाई बेच्नुको विकल्प अरु नरहेको बताइएको छ ।
The post ‘लुकाकुको करिअर म्यानुमा छैन’ appeared first on Sajha Post.