काठमाडौँ, ८ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई भारतले ११ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले २ सय २४ रन बनाएको थियो । अफगानिस्तानले २ सय १३ रन मात्र जोड्न सक्यो ।
अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रन, रहमत साहले ३६ रन, गुल्बादीन नाबीले २७ रन, हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान एक्काइस रन बनाउन सफल भए ।
भारतका शामीले ह्याट्रिकसहित चार विकेट लिए । यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले दुईदुई विकेट लिन सफल भए ।
२ सय २५ रनको लक्ष्य दिएको भारतका लागि विराट कोहलीले सर्वाधिक ६७ रन जोडे । केदार जाधबले ५२ रन, रोहित शर्मा एक रनमा पवोलियन फर्किए, एल राहुल ३० रन, विजय शंकर २९ रन, महेन्द्र सिंह धोनीले २८ रन जोडे ।
भारतविरुद्ध अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान दुईदुई विकेट लिए । मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान एकएक विकेट लिए ।
भारतले ५ खेलबाट ९ अंक जोड्न सफल भएको छ । अफगानिस्तानको यो लगातार छैटौं हार हो ।
The post भारतको कठिन जित appeared first on Sajha Post.