Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दक्षिण अफ्रिका र पाकिस्तान गर या मरको अवस्थामा

$
0
0

एजेन्सी, ८ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

यस पटको विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाले समान  एक/एक खेलमा  मात्रै जीत निकाल्न सफल छन्। त्यसैले दुबै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् । आजको खेलमा पराजित हुने टोलीका लागि अघिल्लो चरणसम्मको यात्रा लगभग समाप्त हुनेछ।

अफ्रिकाका ब्याट्सम्यानका लागि पाकिस्तान एउटा कठिन प्रतिद्वन्द्वी हो। पाकिस्तानका बलर मोहम्मद आमिर जारी विश्वकपमा लयमा छन्। आमिर जारी विश्वकप सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। त्यसैले दक्षिण अफ्रिकालाई सोचेजस्तो ब्याट घुमाउन कठिन हुनेछ। यस्तै वाहव रियाज, हसन अली, मोहम्मद हाफिजजस्ता बलरको बलिङ चुनौती सामना गर्नु पनि दक्षिण अफ्रिकाका लागि त्यति सहज छैन।

यता पाकिस्तानले अघिल्लो चरणको यात्रा जीवन्त राख्न दक्षिण अफ्रिकालाई हराउनु पर्ने हुन्छ । बाबर आजम, मोहम्मद हाफिज, सरफराज अहम्मेद, साहिन अफ्रिदी, आसिफ अलीजस्ता ब्याट्सम्यानलाई दक्षिण अफ्रिकाका बलरहरु इमरान ताहिर, क्रिस मोरिस, एन्डिले फेलुकवायो, लुगी ङिधीले चुनौती खडा गर्नेछन् ।

दक्षिण अफ्रिका र पाकिस्तान एकदिवसीय विश्वकपमा चार पटक आमनेसामने भएका छन् । दक्षिण अफ्रिकाले सर्वाधिक तीन पटक जित निकालेको छ भने पाकिस्तानले एक पटक मात्र हराउन सफल भएको छ।

The post दक्षिण अफ्रिका र पाकिस्तान गर या मरको अवस्थामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles