एजेन्सी, ९ असार । दक्षिण अफ्रिका यस वर्षको जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
आइतबार राती पाकिस्तानसँग ४९ रनले पराजित भएपछि अफ्रिकाको यस वर्षको विश्वकपमा यात्रा अवरुद्ध भएको हो । पाकिस्तानसँग पराजयसँगै दक्षिण अफ्रिकाको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लिग चरणका दुई खेल अगावै समाप्त भएको छ ।
दक्षिण अफ्रिका ७ खेलमा १ मा जित र ५ खेलमा हारका साथ नवौं स्थानमा छ । उसले अब बाँकी दुबै खेल जितेपनि सेमिफाइनलमा पुग्न सम्भावना सकिएको हो । यसअघि ६ खेलमा ६ वटै पराजय व्यहोरेको अफगानिस्तान पनि तीन खेल अगावै लिग चरणबाट बाहिरिइ सकेको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ३ सय ९ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेपछि दक्षिण कोरिया शुरुदेखि नै दबावमा देखियो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रन मात्र जोड्न सक्यो ।
अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले ७९ बलमा ५ चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । उनलाई मोहम्मद आमिरले ३० ओभरको तेसो बलमा विकेटकीपर सरफराज अहमिदबाट क्याच आउट गराए ।
त्यसैगरी, क्विन्टन डी कक र डु प्लेसिसले दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको खेललाई लयमा फर्काएका थिए । तर, २० ओभरको दोस्रो बलमा सादब खानले इमाम उल हकबाट क्याच आउट गराउँदै डी ककलाई ४७ रनमा पेभिलिएन फर्काए । उनले ६० बलमा ३ चौका र २ छक्का सहित ४७ रन जोडेका हुन् ।
मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमा हासिम अमलालाई २ रनमा एलवी डब्लू आउट गरे । मध्यक्रमका रस्सि भान डर दुसेनलाई ४० ओभरको चौथो बलमा सादब खानले मोहम्मद हफिजबाट ३६ रनमा क्याच आउट गराए । लगत्तै अर्को ओभरको पाँचौ बलमा शाहिन शाह अफ्रिदीले डेविड मिलरलाई ३१ रनमा बोल्ड आउट गरे ।
तल्लोक्रमका एन्डिलो फहलुकलो ३२ बलमा ६ चौका प्रहार गर्दै ४६ रनमा अविजित रहे भने क्रिस मोरिस १६,कागिसो रबाडा ३ रनमा आउट भए ।
पाकिस्तानको जितका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट हात पारे । सादब खानले १० ओभरमा १ मेडन सहित ५० रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै वहाब रियाजले पनि १० ओभरमा ४६ रन खर्चेर ३ विकेट हात पारे भने शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो ।
त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहेलले सर्वाधिक रन बनाएक थिए ।
सोहाइलले ५९ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८९ रन बनाएर आउट भए । त्यस्तै बाबर अजामले ८० बलमा ७ चौकासहित ६९ रन बनाएर आउट भए ।
फकर जमानले ५० बलमा १ छक्का र ६ चौकासहित ४४, इमाम उल हकले ५८ बलमा ६ चौकासहित ४४, इमाद वासिमले १५ बलमा ३ चौकासहित २३ रन, मोहम्मद हफिजले ३३ बलमा १ छक्कासहित २० रन वाहाव रियाजले ४ बलमा ४ रन बनाएर आउट भए । सर्फराज अहमद २ रन र शदाब खान १ रन बनाएर अविजित रहे ।
दक्षिण अफ्रिकाका लागि लुङगी एनगिडीले ३ विकेट लिए भने इमरान ताहिर २ विकेट लिए । एडेन माक्रम र एन्डिल फेलुक्वाओको नाममा १/१ विकेट रह्यो ।
The post पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो appeared first on Sajha Post.