Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्जेन्टिना क्वाटरफाइनलमा उक्लियो

$
0
0


एजेन्सी, ९ असार ।कोपा अमेरिका २०१९ मा कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गरेर समूह-उपविजेता बन्दै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितका लागि खेलको चौथो मिनेटमा नै लौटारो मार्टिनेजको गोल गर्दै सुरुवाती अग्रता दिलाए । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै उनले गोल सम्भव गरेका हुन् ।

दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै अर्को गोल थपे र अग्रतालाई दोब्बर बनाए ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १-० ले हराएपछि लगातार तेस्रो जित दर्ता गर्दै कोलम्बिया अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदै समूह उपविजेता बनेको हो ।

पाराग्वे २ अंक जोडेसहित तेस्रो स्थानमा छ भने कतार १ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

The post अर्जेन्टिना क्वाटरफाइनलमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles