काठमाडौं, ९ असार । विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तानबीच खेल हुँदैछ ।
अफगानिस्तान र बंगलादेशबीचको खेल साउथ ह्याम्पटनमा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ । बंगलादेशले यसअघि खेलेका ६ खेलमध्ये २ वटामा जीत हात पारेको छ । यता अहिलेसम्म कुनै पनि खेल नजितेको अफगानिस्तानका लागि शीर्ष ४ टोलीमा पर्ने संभावना समाप्त भइसकेको छ ।
आजको खेलमा बंगलादेश तेस्रो जीतको खोजीमा हुनेछ भने अफगानिस्तान पहिलो जीत हात पार्ने दाउमा छ ।
The post विश्वकप क्रिकेटः आज बंगलादेश र अफगानिस्तान खेल्दै appeared first on Sajha Post.