Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलियन नेटो अब बार्सिलोनाको गोलरक्षक

$
0
0


काठमाडौं, १२ असार । क्याटलान क्लब बार्सिलोनाले ब्राजिलियन गोलरक्षक नेटोलाई भित्र्याएको छ । बार्सिलोनाले नयाँ सिजनको पहिलो अनुबन्धनको रुपमा नेटोलाई भित्र्याएको हो ।

मंगलबार क्लबका दोस्रो रोजाईका गोलरक्षक जास्पर सिलेसनलाई भ्यालेन्सिया पठाएको थियो । त्यसको भोलिपल्ट नै बार्सिलोनाले सिलेसनको स्थानमा नेटोलाई भित्र्याएको हो । नेटोले ४ वर्षको लागि सम्झौता गर्दै बार्सलोना आएका हुन् ।

२९ वर्षीय गोलरक्षकले गत सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले गत सिजनमा भ्यालेन्सियाका लागि ४७ खेल खेल्दै १० क्लिन सीट राखेका थिए । बार्सिलोनाले उनको रिलिज क्लज २ सय मिलियन युरो तोकेको सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

नेटोले यसअघि युभेन्ट्समा २ सिजन बिताइसकेका छन् । त्यतिबेला उनले इटालियन लिग उपाधि पनि जितिसकेका छन् ।

The post ब्राजिलियन नेटो अब बार्सिलोनाको गोलरक्षक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles