Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विराटले सबैभन्दा कम खेलमा २० हजार रन पूरा गरे, सचिन-लाराको रेकर्ड तोडे

$
0
0


नयाँ दिल्ली, १२ असार । भारतीय क्रिकेट कप्तान विराट कोहली अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम पारीमा २० हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले वेस्टइण्डिजको विरुद्ध ३७ रन बनाउँदै यस्तो रेकर्ड बनाएका हुन् ।

उनले २० हजार रन पुर्‍याउँदै सचिन तेन्दुलकर र वेस्टइण्डिजका पूर्वकप्तान ब्रायन लाराको रेकर्ड तोडेका छन् ।

कोहलीले टेष्ट, वान डे र टी ट्वान्टीमा सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्न ४ सय १७ इनिङ खेल्नुपर्‍यो । यसअघि तेन्दुलकर र वेस्ट इन्डिजका पुर्व कप्तान ब्रायन लाराले ४ सय ५३ इनिङमा यो सफलता हात पारेका थिए ।

The post विराटले सबैभन्दा कम खेलमा २० हजार रन पूरा गरे, सचिन-लाराको रेकर्ड तोडे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles