Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अष्ट्रेलियाललाई न्युजिल्याण्डले हराउन सकेन

$
0
0

काठमाडौँ, १५ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमात्र बनायो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४० रन, रोस टेलरले ३० रन, मार्टिन गुप्टिलले २० रन, जोडे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । त्यस्तै जासन पाउलले २ विकेट लिए ।

अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८८ रन, केरीले ७१ रन, पाट कुमिन्सले २३ रन, मार्कूस स्टोनिसले २१ रन, डेभिड वार्नरले १६ रन जोडे ।

न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ४ विकेट लिए ।

यस्तै लक्की फर्गुसन र जेम्स निशमले दुईदुई विकेट लिए ।

यो जितसँगै अष्ट्रेलियाको ८ खेलबाट १४ अंक जोडेको छ ।

न्युजिल्याण्डले ८ खेलबाट ११ अंक जोडेको छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

The post अष्ट्रेलियाललाई न्युजिल्याण्डले हराउन सकेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles