काठमाडौँ, १५ असार । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा जर्मनीलाई २-१ गोलले पराजित गर्दै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीले खेलमा अग्रता लिएको थियो तर स्वीडेनले खेलमा सानदार कमव्याक गरेको थियो । स्वीडेनको जितमा सोफिया जाकोबसन र स्टिना ब्लाकस्टेनिउसले एक एक गोल गरिन् । जर्मनीकी लिना मगुलले एक गोल गरिन् ।
सेमिफाइनलमा स्वीडेनले नेदरल्याण्डसँग खेल्ने छ । नेदरल्याण्डले इटालीलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
The post जर्मनीविरुद्ध स्वीडेनको सानदार कमव्याक appeared first on Sajha Post.