Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पुन : बार्सिलोना फर्किने नेइमारको सपना चकनाचुर !

$
0
0

एजेन्सी, १५ असार । पिएसजी छोडेर बार्सिलोना जाने नेइमारको सपना पूरा नहुने भएको छ ।

पिएसजीले नेइमारलाई क्लब छोड्ने अनुमति नदिने भनेपछि बार्सिलोनामा पुन: फर्किने नेइमारको सपना यसपटक पूरा नहुने भएको हो ।

पिएसजीले नेइमारलाई तत्काल क्लब छोड्ने अनुमति नदिने टेलिफुट ले बताएको छ । क्लबले २२ मिलियन युरोमा किनेका उनलाई २ वर्षभित्रै नबेच्ने मनसाय बनाएको हो ।

पिएसजीका कतारी मालिकहरु तथा अध्यक्ष नसेर अल खाले‍फीले नेइमारलाई क्लब छोड्ने अनुमति नदिने तयारी गरेको समाचारमा बताइएको छ ।

नेइमार दुई वर्षअघि बार्सिलोनामा ओझेलमा परेको भन्दै पिएसजी गएका थिए ।

केही समयअघि नेयमार पुनः बार्सिलोना फर्किने चर्चा चलेको थियो । उनले आफ्नो तलबमा पचास प्रतिशत कटौती गर्दै बार्सिलोनासँग ५ वर्षका लागि पुन: सम्झौता गर्ने तयारी गरेको समाचार माध्यमले बताएका थिए ।

तर पिएसजीले क्लब छोड्ने अनुमति नदिने भएपछि बार्सिलोनामा फर्किने नेइमारको सपना चकनाचुर भएको छ ।

 

The post पुन : बार्सिलोना फर्किने नेइमारको सपना चकनाचुर ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles