एजेन्सी, १५ असार । एक दिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज भइरहेको खेलमा इङल्याण्डले भारतलाई ३३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बर्मिङघममा टस जितेर ब्याटिङमा उत्रेको इङल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३७ रनको विशाल योगफल जोडेको हो । इङल्याण्डका लागि जोनी बेयरस्टले शतक पूरा गरेका थिए । उनले १०९ बलमा ६ छक्का र १० चौकासहित १११ रन बनाएका थिए ।
त्यस्तै जेसन रोय र बेन स्टकले अर्ध शतक पूरा गरे । रोयले ५७ बलमा २ छक्का र ७ चौकासहित ६६ रन बनाएर आउट भए । बेन स्टोकले ५४ बलमा ३ छक्का र ६ चौकासहित ७९ रन बनाएर आउट भए ।
इङल्याण्डका जो रुटले ५४ बलमा २ चौकासहित ४४, जस बटलर ८ बलमा २ छक्का र १ चौकासहित २० रन क्रिस वोक्स ५ बलमा १ चौकासहित ७ रन र इअन मोर्गन ९ बलमा १ रन बनाएर आउट भए । लियम प्लङकेट ४ बलमा १ बनाउँदै अविजित रहे ।
भारतका लागि मोहम्मद शमीले सर्वाधिक ५ विकेट लिएका थिए । कुलदिप याद र जसप्रित बुमराहको नाममा १ विकेट रह्यो ।
The post भारतसामु इङल्याण्डको विशाल लक्ष्य, बेयरस्टको शतक appeared first on Sajha Post.