काठमाडौँ, १६ असार । कोपा अमेरिका कपको सेमिफाइनलमा बुधबार बिहान अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछन् ।
यो अर्जेन्टिनाको लगातार तेस्रोपटकको सेमिफाइनल यात्रा हो । सन् २०१५ र सन् २०१६ मा भएको कोपा अमेरिका कपमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो ।
यसपटक पनि फाइनलको यात्रा तय गरी उपाधि जित्ने दाउमा अर्जेनिटना रहेको छ । लिग चरणका खेलमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले क्वाटरफाइलनमा भने भेनेजुयलामाथि सहज जित हात पारेको थियो ।
त्यस्तै ब्राजिललाई पाराग्वेले कडा चुनौती दिएको थियो । क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको ब्राजिलले पनि फाइनलको सपना बुनिरहेको छ ।
स्टार खेलाडी लियोनल मेस्सीले हालसम्म कुनै जादु देखाउन नसकेको बताइरहँदा ब्राजिलले कस्तो रणनीति बनाएर खेल्ने हो विशेष चासोको विषय बनेको छ । समिक्षकहरुका अनुसार ब्राजिलभन्दा अर्जेन्टिनाले खेल्ने सम्भावना कम रहेको छ ।
उनीहरुका अनुसार अर्जेन्टिनाका खेलाडीहरु खेल मैदानको बनोट र अवस्थालाई लिएर चिन्तित रहेका छन् । मेस्सीले खेल मैदान ठीक नभएको यस अघि नै बताएका थिए ।
त्यस्तै ब्राजिलका खेलाडीहरु लयमा रहेका कारण र आयोजक देशलाई राम्रो फ्यानहरुको राम्रो समर्थन रहेको उनीहरु बताउँछन् ।
The post कोपा अमेरिका कपः ब्राजिल भर्सेस अर्जेन्टिना appeared first on Sajha Post.