Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वेस्ट इण्डिजले टस जित्यो, श्रीलंकालाई ब्याटिङको निम्तो

$
0
0

एजेन्सी, १६ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ ।

वेस्टइण्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

वेस्ट इन्डिजले केमर रोचको स्थानमा शैनन गेब्रियललाई मौका दिएको छ । त्यसैगरी श्रीलंकाले भने तीन खेलाडी परिवर्तन गरेको छ ।

वेस्टइन्डिज सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ। ७ खेलमा १ मा जित र ५ मा हारसहित साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेकोले
आजको खेलमा वेस्ट इण्डिजको लागि केवल प्रतिष्ठाको लागि मैदनमा उत्रनेछ । ऊ आज कुनै दबावबिना मैदानमा उत्रनेछ ।

श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको पनि ऊसँग झिनो आशा भने बाँकी छ । आजको खेलमा पराजित हुँदा भने श्रृलंका आधिकारिकरुपमा प्रतियोगिताबाट बाहिरिनेछ । श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । २ खेल वर्षाले रद्द भएको श्रीलंकाको ६ अंक छ ।

अहिलेसम्म विश्वकपमा श्रीलंका र वेस्ट इन्डिजबीच भएको ८ खेलमा वेस्ट इन्डिज ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । १ खेलको नतिजाविहीन छ ।

त्यसैगरी यी दुईदेशबीच कुल ५६ वान डे खेल भएको छ । वेस्ट इन्डिज २८ खेलमा विजयी हुँदा २५ खेलमा पराजित भएको छ भने ३ खेल नतिजाबिहीन छ ।
श्रीलंका- दिमुथ करुणारत्ने(कप्तान), कुशल परेरा, अविष्का फ्रनान्डो, कुशल मेन्डिस, एन्जिलो मेथ्युज, लहिरु थिरिमने, धनञ्जय डी शिल्भा, इसुरु उडना, जेफरी वान्डरसे, कसुन राजिथ र लाथिस मलिंगा

वेस्ट इन्डिज– क्रिस गेल, सुनिल एम्ब्रिस, शाई होप, निकोलस पुरन, शिमरोन हिटमायर, जोसन होल्डर, कार्लोसवर्थवेट, फबिएन एलिन, शैनन गेब्रियल, शिल्डन कर्टेल र ओशन थोमस ।

The post वेस्ट इण्डिजले टस जित्यो, श्रीलंकालाई ब्याटिङको निम्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles