Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फर्नान्डोको शतकसँगै श्रीलंकाद्वारा वेस्ट इण्डिजलाई ३३९ रनको लक्ष्य प्रस्तुत

$
0
0


एजेन्सी, १६ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले ३३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
रिभरसाइड ग्राउण्डमा जारी सिजनको ३९औं खेलमा वेस्टइण्डिजले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्ता दिएको थियो । श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिसहित ३३८ रन जोडेको हो ।

श्रीलंकालाई विशाल रन जोड्नेक्रममा अविष्का फर्नान्डोले आफ्नो वनडे करिअरको पहिलो शतक लगाए । यो विश्वकपमा शतक लगाउने श्रीलंकन टिमको उनी पहिलो ब्याट्सम्यान बनेका छन् । फर्नान्डो १०३ बलमा ९ चौका र २ छक्कासहित १०४ रन जोडेर आउट भए ।

श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले २६ रन बनाए । उनलाई जेसन होल्डरले बोल्ड गरे । म्याथ्युजले अविष्कासँग ५८ रनको साझेदारी गरे ।
त्यसैगरी कुसल परेरा ६३ रन बनाएर आउट भए । उनले जारी विश्वकपमा आफ्नो तेस्रो अर्थशतक पूरा गरे । कप्तान दिमुथ करुणारत्ने ३२ रन बनाएर जेस होल्डरकै बलमा आउट भए । दिमुथले परेरासँग पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । कुसल मेन्डिस ३९ रन बनाएर फैबियन एलेनको बलमा आउट भए । उनले अविष्कासँग ८५ रनको साझेदारी गरे ।

इसुरु उडाना ३ रनसहित आउट भए । उनलाई होल्डरले थोमसको हातबाट क्याच गराएका हुन् । लाहिरु थिरीमानेले ३३ बलमा ४ चौकासहित ४५ रन जोड्दै अविजित रहे भने धनञ्जय सिल्भा भने ३ बलमा १ चौकासहित ६ रन जोडेर अविजित रहे ।
वेस्ट इण्डिजको लागि जेसन होल्डरले २ विकेट लिए भने फेबियन एलेन, ओसेन थोमस, शेल्डन कोट्रेलले समान १/१ विकेट लिए ।

आजको खेलमा वेस्ट इन्डिजले केमर रोचको स्थानमा शैनन गेब्रियललाई मौका दिएको छ । त्यसैगरी श्रीलंकाले भने तीन खेलाडी परिवर्तन गरेको छ ।

वेस्टइन्डिज सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ। ७ खेलमा १ मा जित र ५ मा हारसहित साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेकोले
आजको खेलमा वेस्ट इण्डिजको लागि केवल प्रतिष्ठाको लागि मैदनमा उत्रनेछ । ऊ आज कुनै दबावबिना मैदानमा उत्रनेछ ।

श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको पनि ऊसँग झिनो आशा भने बाँकी छ । आजको खेलमा पराजित हुँदा भने श्रृलंका आधिकारिकरुपमा प्रतियोगिताबाट बाहिरिनेछ । श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । २ खेल वर्षाले रद्द भएको श्रीलंकाको ६ अंक छ ।

अहिलेसम्म विश्वकपमा श्रीलंका र वेस्ट इन्डिजबीच भएको ८ खेलमा वेस्ट इन्डिज ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । १ खेलको नतिजाविहीन छ ।

त्यसैगरी यी दुईदेशबीच कुल ५६ वान डे खेल भएको छ । वेस्ट इन्डिज २८ खेलमा विजयी हुँदा २५ खेलमा पराजित भएको छ भने ३ खेल नतिजाबिहीन छ ।
श्रीलंका- दिमुथ करुणारत्ने(कप्तान), कुशल परेरा, अविष्का फ्रनान्डो, कुशल मेन्डिस, एन्जिलो मेथ्युज, लहिरु थिरिमने, धनञ्जय डी शिल्भा, इसुरु उडना, जेफरी वान्डरसे, कसुन राजिथ र लाथिस मलिंगा

वेस्ट इन्डिज– क्रिस गेल, सुनिल एम्ब्रिस, शाई होप, निकोलस पुरन, शिमरोन हिटमायर, जोसन होल्डर, कार्लोसवर्थवेट, फबिएन एलिन, शैनन गेब्रियल, शिल्डन कर्टेल र ओशन थोमस ।

The post फर्नान्डोको शतकसँगै श्रीलंकाद्वारा वेस्ट इण्डिजलाई ३३९ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles