काठमाडौं, १७ असार । आइसीसी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतले बर्मिघंममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेल केही समयपछि सुरु हुनेछ ।
आजको खेलमा भारतलाई हराउने लक्ष्यका साथ बंगलादेश मैदान उत्रने चाहन्छ । यदि भारतले बंगलादेशलाई पराजित गरे सेमिफाइनलमा पुग्ने छ ।
भारतले ७ खेलमध्ये एउटामा मात्रै हार ब्यहोरेको छ भने एक खेल वर्षाले रद्द हुँदा अङ्क बाडेको छ । ७ खेलबाट ११ अङ्क जोडेको भारत अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जित्दा भारतसँग १३ अंक हुनेछ ।
यसअघि नै अस्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
यस्तै बंगलादेशले ७ खेलबाट मात्र ७ अङ्क जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । आज भारतलाई हराउन सके बंगलादेशको सेमिफाइलन उक्लने आशा जीवित रहनेछ ।
भारतले विश्वकपमा बंगलादेशसँग १२ वर्षदेखि हार्नुपरेको छैन । दुवै टिमले ३५ वनडे खेलेका छन् । जसमा भारतले २९ र बंगलादेशले ५ खेल मात्र जितेको छ।
The post बंगलादेशले टस हार्यो, भारतले पहिला ब्याटिङ गर्ने appeared first on Sajha Post.