काठमाडौँ, १८ असार । बार्सिलोनाले एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई आउने हप्ता अनुबन्ध गर्ने अनुमान गरिउको छ ।
एट्लेटिकोले १२० मिलियन युरो मुल्य अफर गरेको छ भने बार्सिलोना त्योभन्दा कम रकममा अनुबन्ध गर्न चाहेको बताइएको छ ।
यदी सम्झौता हुन सकेमा उनलाई बार्सिलोनाले जुलाई ११ मा बार्सिलोनामा उपस्थित गराउने बताइएको छ ।
बार्सिलोनाले आयाक्स स्टार खेलाडी फ्रान्क डि जोङलाई आउने शुक्रबार सार्वजनिक गर्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले यस सिजन स्टार खेलाडी अनुबन्ध गर्न कुनै कसर बाँकी नराख्ने समेत जनाएको छ ।
The post ग्रिजम्यान बार्सिलोना आउने सम्भावना बलियो appeared first on Sajha Post.