Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कप: यसपटक पनि अर्जेन्टिनाको भाग्य फिरेन, ब्राजिल फाइनलमा प्रवेश

$
0
0

काठमाडौँ, १८ असार । कोपा अमेरिका कपको सेमिफाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो । ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको हो ।

खेलको २० औँ मिनेटमा गाब्रियल जेसुसले गोल गर्द ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७१ औँ मिनेटमा रोबर्टो फिरमिन्होले अग्रता दोब्बर बनाए ।

अर्जेन्टिना भने गोल गर्न  बारम्बार चुक्यो ।

पहिलो हाफमा सर्जियो अगुइरोले गरेको हेडिङ बारमा लागेको थियो भने दोस्रो हाफमा मेस्सीले हानेको प्रहार पनि बारमा लागेको थियो ।

यसपटकको कोपा अमेरिका कप जित्ने अर्जेन्टिनाको सपना चक्नाचुर भएको छ ।

The post कोपा अमेरिका कप: यसपटक पनि अर्जेन्टिनाको भाग्य फिरेन, ब्राजिल फाइनलमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles