काठमाडौँ, १८ असार । यसपटकको कोपा अमेरिका कपमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको छ । ।
यो अर्जेन्टिनाको लगातार तेस्रोपटकको सेमिफाइनल यात्रा हो । सन् २०१५ र सन् २०१६ मा भएको कोपा अमेरिका कपमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक पनि अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्न सकेन ।
अर्जेन्टिना विस्तारै लयमा फर्किन लागेको समिक्षकहरुले बताएका थिए तर ब्राजिलको सामु अर्जेन्टिनाले कुनै चत्मकार गर्न सकेन । स्टार खेलाडीहरु भए पनि गोल गर्न चुकिरहेका छन् ।
लिग चरणका खेलमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले क्वाटरफाइलनमा भने भेनेजुयलामाथि सहज जित हात पारेको थियो ।
स्टार खेलाडी लियोनल मेस्सीले हालसम्म कुनै जादु देखाउन नसकेका मेस्सीको कोपा अमेरिका कप जित्ने सपना पनि अधुरो भएको छ । समिक्षकहरुका अनुसार ब्राजिलभन्दा अर्जेन्टिनाले कमजोर खेल प्रदर्शन गरेका कारण पराजित हुन पुग्यो ।
अर्जेन्टिनाका खेलाडीहरु खेल मैदानको बनोट र अवस्थालाई लिएर चिन्तित रहेका थिए । मेस्सीले खेल मैदान ठीक नभएको यस अघि नै बताएका थिए । ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको कुनै सिप लागेन ।
The post मेस्सीले भनेकै थिएः हामीभन्दा अरु टिम बलिया छन् appeared first on Sajha Post.