Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चीनलाई हराउँदै नेपाल सेमिफाइनलमा

$
0
0

काठमाडौं, १८ असार । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।

मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।

कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए ।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।

चीनले समूह चरणका दुबै खेल हारिसकेको छ । त्यसैेले समूह ‘ए’ मा रहेका नेपाल र सिंगापूर सेमिफाइनलमा प्रवेश गरेका छन्

The post चीनलाई हराउँदै नेपाल सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles