Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नवयुगको गोलले झापा गोल्डकपको उपाधि आर्मीलाई

$
0
0

Tribhuwanझापा, २७ चैत । प्रथम रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

शनिबार झापाको डोमामाल रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि चुमेको हो ।

उपाधिसँगै आर्मी क्लबले नगद छ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेल सुरु भएको १८औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले विभागीय टिमलाई अग्रता दिलाएका थिए । विमल रानामगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्मीले झापा ११ लाई घरेलु मैदानमा पराजित गरेको छ । घरेलु मैदानमा उपविजेता बनेको झापा ११ ले नगद तीन लाख, मेडल र प्रमाणप्रत्र प्राप्त गरेको छ ।

यही चैत १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए । रासस

The post नवयुगको गोलले झापा गोल्डकपको उपाधि आर्मीलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles