कश्मीर । केही साताअघि सम्पन्न टी-ट्वान्टी विश्वकपको एक नाटकीय खेलमा भारतसँग १ रनले पराजित भएको बंगलादेशी टोलीका कप्तान मशरफी मूर्तजाले एक खुलासा गरेका छन् ।
उनकाअनुसार सो दिन भारतसँग हारेपछि बंगाली खेलाडीहरु भोकै सुतेका थिए । कश्मीरमा छुट्टी मनाइरहेका मुर्तजाले स्थानीय युवाहरुसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।
एक स्थानीय युवकले ३ बलमा २ रन बनाउन नसकेको बारे प्रश्न सोधेका थिए । जवाफमा मुर्तजाले भने, ‘हामी हारबाट निकै निराश थियौं । त्यस रात हामी कसैले पनि डिनर लिएनौं । हार-जित खेलको हिंस्सा हो । तर पनि हामी सो खेल कुनै पनि हालतमा हार्न चाहँदैन थियौँ ।’
मुर्तजा श्रीनगर-सोनमार्ग रोडस्थित एक गाउँमा उत्रिएका थिए । त्यहाँ हुने स्थानीय युवासँग क्रिकेट पनि खेले । साथै केही टिप्स पनि दिएर फर्किए ।
The post विश्वकपमा भारतसँग १ रनको नाटकीय हारबारे बंगलादेशी कप्तानले गरे यस्तो खुलासा appeared first on Sajha Post.