Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्जेन्टिनासँग भिड्ने ब्राजिलियन टोलीमा अटाएनन् नेइमार

$
0
0

ब्राजिल (एजेन्सी), ६ जेठ । अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलमा भिड्नको लागि बनाइएको ब्राजिलियन टोलीमा चर्चित अनुहारहरु नै नअटाउने भएका छन् ।

मेलबर्नमा हुने मैत्रीपुर्ण खेलकालागि छानिएका ब्राजिलियन टोलीमा  नेइमार लगायतका अन्य चर्चित अनुहारहरु नसमेटिएका हुन् । ब्राजिलले अर्जेन्टिनासँग जुन ९ मा र त्यसको ४ दिन पछि अस्ट्रेलियासँग मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

ब्राजिलका प्रशिक्षक टिटेले महत्वपूर्ण खेलाडीहरुलाई आराम दिने रणनीति अनुसार यस्तो निर्णय गरेका हुन् । उनले नेइमारलाई पनि अर्जेन्टिना र अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलबाटै बाहिर राख्ने निर्णय गरेका छन् ।

टिममा नसमेटिएका खेलाडीहरुमा सामान्य घाइते भएका लिभरपुलका रोबर्टो फर्मिनोदेखि मार्किनोस, मिरान्डा, मार्सेलो र ड्यानी अल्भेस पनि रहेका छन् ।

खेलमा नसमेटिएका महत्वपूर्ण खेलाडीहरुको स्थानमा केही नयाँ र आशा गरिएका खेलाडीहरुले अवसर पाउने भएका छन् । मोनाकोका सेन्टर ब्याक जेमर्सन र कोरिन्थियान्सका मिडफिल्डर रोड्रीग्युनोले पनि पहिलो पटक ब्राजिलको टोलीमा मौका पाएका छन् । त्यसैगरी  चेल्सीका डेभिड लुइज र सिटीका ग्याब्रियल जिससले पुनः स्थान पाएका छन् ।

यस्तो छ ब्राजिलको टोली

गोलकिपर- डिएगो अल्भेस (भ्यालेन्सिया), वेभेल्टन (एथलेटिको-पीआर) , एडर्सन(बेन्फिका)

डिफेनडर- डेभिड लुइज (चेल्सी) , गिल (सान्डोंग लुनेन्ग) , जेमर्सन(मोनाको), रोड्रीगो कावो (सा पोलो) , थिएगो सिल्भा (पीएसजी) , एलेक्स सान्ड्रो (युभेन्टस) , फ्याग्नर (कोरिन्थियान्स), फिलिपे लुइस (एथलेटिको म्याड्रिड), राफिना (बायर्न म्युनिख)

मिडफिल्डर- फर्नान्डिनो (म्यानचेस्टर सिटी), गयुलियानो (जेनित) , लुकास लिमा (सान्तोस) , पौलिन्हो (ग्वानजौ एभरग्रेनेड) , कौटिन्हो (लिभरपुल) , रेनाटो अगस्टो (बेइजिङ गुओन) , रोड्रीग्युनो (कोरिन्थियान्स), विलियन (चेल्सी)

स्ट्राइकर- डिएगो सौजा (एथलेटिको-पीआर), डोगलस कोस्टा (बायर्न म्युनिख) , ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी), टाईसन (शाक्तार डोनेस्क)

The post अर्जेन्टिनासँग भिड्ने ब्राजिलियन टोलीमा अटाएनन् नेइमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles