Quantcast
Viewing all articles
Browse latest Browse all 7991

दशरथ रंगशाला पुननिर्माण सेनालाई दिइने

Image may be NSFW.
Clik here to view.

काठमाडौं, ६ जेठ । १३ औं दक्षिण एसीयाली खेलका लागि नेपालको एकमात्र दशरथ रंगशाला पुनर्निर्माणको काम नेपाली सेनालाई दिने तयारी भएको छ । पुननिर्माणका लागि कम्तिमा ६० करोड खर्च हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । पुननिर्माणका लागि समय लाग्ने देखिएपछि सरकारले त्यसको द्रुत गतिका लागि सेनालाई चयन गरेको हो । दुई वर्षपछि नेपालले दक्षिण एसीयाली खेलकुदको आयोजना गर्दैछ ।
मन्त्रीपरिषद्बाट निर्णय गरेर रंगशालाको जिम्मा सेनालाई दिन लागिएको खेलकुदमन्त्री दलजीत श्रीपाइलीले जनाएको बीबीसी नेपालीले उल्लेख गरेको छ । खेलकुद परिषद्ले सेनासँगको कागजी प्रकृया टुंग्याउनेछ । त्यसपछि सो प्रस्तावलाई मन्त्रिपरिषदमा लगि र औपचारिक रुपमा रंगशालाको काम सेनालाई दिइनेछ । भूकम्पका कारण रंगशाला भत्किएको थियो । नेपाली सेनाको प्राविधिक टोलीले पनि रंगशालाको क्षतिको अवस्थाबारे अध्ययन गरिरहेको छ ।
सेनाले काम गर्नु अगाडि मन्त्रिपरिषद्को निर्णय चाहेकोले त्यसतर्फ मन्त्रालयको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता राम थपलियाले बताए ।
दशरथ रंगशालाको अधिकांश भाग मर्मत गर्नुपर्ने विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय खेलकुद परिषदले दुई वर्षका बीच रंगशालाको क्षतिको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र रंगशाला भत्काउनका निम्ति बोलपत्र आह्वान पनि गरिसकेको जनाएको छ।
राष्ट्रिय खेलकुद परिषदले त्यसको पुनर्निमाणका लागि ठेक्का आह्वान गरिसकेको छ । तर, सरकारले सेनालाई दिने निर्णय गरे ठेक्का प्रक्रिया रद्द गरिने परिषद्ले जनाएको छ ।
रंगशालाको निर्माणको प्रक्रियागत अनुरोध आए त्यसलाई पुरा गर्न तयार रहेको सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बताए । उनले सरकारले दिएको जिम्मेबारी सेनाले पुरा गर्ने बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन स्थल दशरथ रंगशालाको पुनर्निर्माण सन् २०१९ को मार्च महिनासम्ममा सम्पन्न गरिसक्ने सरकारको अन्तिम तयारी छ । सरकारले चालू आर्थिक वर्षमा रंगशाला भत्काउनका लागि मात्र २ करोडको बजेट छुट्याएको थियो।

The post दशरथ रंगशाला पुननिर्माण सेनालाई दिइने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles