एजेन्सी, ७ जेठ । इंग्लिस प्रिमियर लिगका अन्तिम खेलहरु हुँदैछन् । निकै नै रोमाञ्चक रहेको यस सिजनको प्रिमियर लिगको उपाधि चेल्सीले जितिसकेको छ । लगातार दुई सिजन लिग उपाधिका लागि प्रतिस्पर्धा गरेको टोटनह्याम भने यस सिजन पनि पछि परेको छ ।
यो सिजन रोमाञ्चक हुनुमा क्लबभन्दा पनि प्रशिक्षक हुन् । म्यानचेष्टर युनाइटृडमा जोसे मोउरिनो प्रशिक्षक भएर आए भने म्यानचेष्टर सिटीमा पेप गुवार्डिवाला । त्यस्तै चेल्सीलाई उपाधि जिताएका एन्टोनियो कोन्टेले इटालियन क्लब युभेन्टसलाई छोड्दै चेल्सीको जिम्मेवारी सम्हाले ।
यो सिजन हल सिटी, मिडलस्ब्रो र सण्डरल्याण्ड रेलिगेशनमा परेका छन् । शिर्ष चारमा चेल्सी, टोटनह्याम र म्यान सिटी परिसकेका छन् । आज हुने लिभरपुल र आर्सनलको खेलले कसले शिर्ष चारमा स्थान बनाउने हुन् टुंगो लाग्नेछ ।
अन्तिम खेलहरु यस्ता रहेका छन् ।
आर्सनल भर्सेस इभर्टन
बर्नेली भर्सेस वेस्टह्याम
चेल्सी भर्सेस सण्डरल्याण्ड
हलसिटी भर्सेस टोटनह्याम
लेइसेस्टर भर्सेस बोर्नेमाउथ
लिभरपुल भर्सेस मिडल्सब्रो
म्यानचेष्टर युनाइटेड भर्सेस क्रिस्टल प्यालेस
साउथह्यामटन भर्सेस स्टोक सिटी
स्वान्सी सिटी भर्सेस वेस्टब्रोम
वाटफोर्ड भर्सेस म्यानचेष्टर सिटी
The post प्रिमियर लिगको अन्तिम खेलहरु: शिर्ष चारका लागि लिभरपुल र आर्सनलको प्रतिस्पर्धा appeared first on Sajha Post.