एजेन्सी, ७ जेठ । स्पेनिस ला लिगा रोमाञ्चक मोडमा पुगेको छ । लिग उपाधि कसले जित्ने अन्तिम खेलले टुंगो लाग्नेछ । रियल मड्रिड र बार्सिलोनाको कडा प्रतिस्पर्धा रहेको यो सिजनमा रियलले उपाधि जित्ने सम्भावना भने बलियो रहेको छ ।
३७ खेलेमा रियलको ९० अंक रहेको छ भने बार्साको ८७ अंक रहेको छ । बार्सिलोनाले उपाधि जित्न रियलले मालागासँगको खेल हार्नेपर्ने हुन्छ । यस अवस्थानमा इबारसँगको खेलमा बार्सिलोनाले जित्नै पर्ने बाध्यता पनि रहेको छ ।
रियलका प्रशिक्षक जिनेदान जिदानको ट्याकटिसको चौतर्फी प्रशंसा भइरहेको छ । रियलले पछिल्लो पटक देखाएको खेलले सबैलाई आश्चर्यमा पारेको छ । उता बार्सिलोनाको खेल पनि उत्तिकै आकर्षक रहेको छ । यी दुवै टोलीमध्ये कसले स्पानिस लिगको उपाधि जित्ने हुन् त्यसका लागि पनि अन्तिम खेल कुर्नु पर्नेछ ।
The post रियल मड्रिड हार्ने आशमा बार्सिलोना appeared first on Sajha Post.