एजेन्सी, ७ जेठ । इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को उपाधि भिडन्त आज हुदैछ । उपाधिका लागि मुम्वर्इ इन्डियन्स र राइजिङ पुने सुपर जायन्ट्सबीच हैदरावादमा आज बेलुका प्रतिस्पर्धा हुदैछ ।
मुम्वर्इलाइ यसअघि दुर्इपटक उपाधि जितेको अनुभव छ भने पुने पहिलो पटक फाइलनमा भिड्न लागेको हो ।
यद्यपी पुनेका मुख्य सदस्य महेन्द्रसिंह धोनी भने सातौ पटक फाइनल खेल्दैछन ।
उनको कप्तानीमा सन २०१० र ११ मा चेन्नइ सुपर किंगसले उपाधि जितेको थियो ।
लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको पुने पछिल्ला खेलमा भने मजबुत देखिएको थियो । मुम्वइ पहिलो र पुने दोस्रो हुदै प्लेअफमा पुगेका थिए ।
The post आइपिएलको उपाधि भिडन्त आज, मुम्बई इण्डियन्स र राइजिङ पुने भिड्दै appeared first on Sajha Post.