एजेन्सी, ७ जेठ । आइतबार राति भएको इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा टोटनह्याम, म्यानचेष्टर सिटी र लिग विजेता चेल्सीले गोलको वर्षा गरेका छन् । टोटनह्यामले रेलिगेशनमा परेको टोली हल सिटीलाई ७-१ गोलले पराजित गरेको हो ।
टोटनह्यामका लागि ह्यारी केनले अर्को ह्याट्रिक गर्न सफल भएका छन् । खेलको पहिलो हाफदेखि नै आक्रमक रहेको टोटनह्यामका लागि ११ औ, १३ औ र ७२ औ मिनेटमा तीन गोल गरेका थिए ।ह्यारी केन यो सिजनको सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् । उनले यस सिजन २९ गोल गरे । त्यस्तै टोटनह्यामका लागि डि अली, भिक्टर वानयामा, बेन डेबिज र टोवीले एकएक गोल गरेका थिए । हल सिटीका लागि एकमात्र गोल श्याम क्लुकाशले गरेका थिए । प्रिमियर लिगको अन्तिम खेलमा टोटनह्यामले सिजनैकै ठुलो जित हात पारेको छ ।
त्यस्तै म्यानचेष्टर सिटीले पनि प्रिमियर लिगको अन्तिम खेलमा सानदार जित हात पारेको छ । उसले वाटफोर्डलाई ५-० गोलले पराजित गरेको छ । सिटीका लागि सजिैयो अगुइरोले दुई गोल गरेका थिए । भिनसेन्ट कम्पनी, फर्नानडिनो र ग्राबियल जेससले एकएक गोल गरेका थिए ।
लिग विजेता चेल्सिीले पनि सण्डरल्याण्ड विरुद्ध उत्कृट खेल खेलेको छ । सण्डरल्याण्डलाई ५-१ गोलले पराजित गर्दै लिगमा चेल्सीले आफ्नो बलियो उपस्थिति देखाएको छ । चेल्सीका लागि मिचु बात्सीहुइले दुई गरे भने विलियन, इडिन हजार्ड, पेद्रो रॉद्रिगेझले एकएक गोल गरेका थिए ।
सण्डरल्याण्डका लागि जाभिएरले गोल गरे पनि अग्रता भने जोखाइ राख्न सफल भएन । यस सिजन रेलिगेशनमा परेको सण्डरल्याण्डले खराब खेल प्रदर्शन गरेको फुटबल समिक्षकहरु बताउँछन् ।
The post प्रिमियर लिगको अन्तिम खेलमा टोटनह्याम, म्यानचेष्टर सिटी र चेल्सीले गरे गोलको वर्षा appeared first on Sajha Post.