एजेन्सी, ७ जेठ च्याम्पियन्स लिगको सपना बोकेर प्रिमियर लिगको सिजनको सुरुवात गरेको लिभरपुलले आफ्नो मिसन पुरा गरेको छ । मिडल्सब्रोविरुद्धको खेलमा लिभरपुलले तीन गोल गरेको छ ।
उता आर्सनलले इभर्टनलाई ३-१ गोलले पराजित गरे पनि च्याम्पियन्स लिग खेल्ने सपना भने अधुरो भएको छ । लिभरपुलको ३८ खेलमा ७६ अंक बटुलेको छ भने आर्सनलको ७५ अंकमात्र रहेको छ ।
लिभरपुलका लागि विजनाल्डम, फिलिपिनो कउटिन्हो र एडम लालानाले एकएक गोल गरेका थिए । खेलको १४ औ मिनेटमा डिफेण्डर कोसेल्नीले रातो कार्ड खाएपछि १० जनामा सिमित आर्सनलले राम्रो खेल खेलेको थियो ।
तर, जति नै राम्रो खेल खेलेपनि च्याम्पियन्स लिगको लागि काफी भएन । आर्सनलका लागि हेक्टर बेलरिन, सान्चेज र रामसेले एकएक गोल गरेका थिए । इभर्टनका लागि आर. लुकाकुले एकमात्र गोल गरे । यस सिजन फ्यानहरुबाट कडा आलोचित भएका प्रशिक्षक आर्सने विइगरको पद पनि धरापमा परेको छ ।
The post लिभरपुल ‘ब्याक टु च्याम्पियन्स लिग’, आर्सनल आउट appeared first on Sajha Post.