एजेन्सी, ७ जेठ । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले एथ्लेटिको बिलबाओलाई ३-१ गोलले पराजित गरेको छ । सिजनको अन्तिम खेलमा फर्नानण्डो टोरेजले दुई गोल गरेका थिए । एन्जेल कोरियाले एक गोल गरे ।
बिलबाओका लागि इनाकी विलियम्सले एक गोल गरे । यस सिजन एट्लेटिको मड्रिडले ३८ खेलमा ७८ अंक बनाउँदै तेस्रो भएको छ । बिलबाओले ६३ अंक जोडेको छ ।
The post सिजनको अन्तिम खेलमा फर्नानण्डो टोरेजले गरे दुई गोल appeared first on Sajha Post.