एजेन्सी, ८ जेठ । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले रियललाई ३३ औ स्पेनिस ला लिगा जिताउन सफल भएका छन् । आइतबार राति भएको ला लिगाको अन्तिम खेलमा रियलले मालागालाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
रियलका लागि क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले खेलको दोस्रो र ५५ औ मिनेटमा गोल गरेका थिए । बार्सिलोना इबारसँगको खेलमा सानदार कमब्याक गरेपनि यस सिजनको उपाधि भने रियलले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
३८ खेलमा रियलले ९३ अंक बनाएको थियोे भने बार्साले ९० अंक जोडेको थियो । बार्साले इबारलाई ४-२ गोलले पराजित गरेको थियो । इबारले ७ औ र ६१ औ मिनेटमा गोल गर्दै दुई गोलको अग्रता बनाएको थियो ।
इबारका लागि इन्उइले दुवै गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले सानदार कमव्याक गरेको थियो । खेलको ६३ औ मिनेटमा इबारका खेलाडी जन्कले आत्मघाती गोल गरे । ७३ औ मिनेटमा लूइज स्वारेजले बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा चम्किए लियोनल मेस्सी । मेस्सीले ७५ औ र खेल सकिन केही सेकेण्ड बाँकी रहँदा गोल गर्दै बार्सालाई सानदार जित दिलाए । यो सिजन उनले ३४ खेलमा ३७ गोल गोल गर्दै सर्वाधिक गोलकर्ता बने । त्यस्तै रियललाई सन् २०१२ यता लिग उपाधि जित्न नसकेको रियलका लागि यस सिजन उपाधि जिताउन सफल रोनाल्डोले २९ खेलमा २५ गोल गरेका छन् ।
The post बार्सिलोनाको आशा निराशामा परिणत, स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जित्यो appeared first on Sajha Post.