Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले जित्यो आइपिएलको उपाधि

$
0
0

एजेन्सी ८ जेठ । आइतबार राति भएको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेलमा मुम्बई इण्डियन्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै तेश्रो पटक आइपिएल उपाधि जितेको छ।

निकै नै रोमाञ्चक खेलमा टस जितेको मुम्बई इण्डियन्सले ब्याटिङ रोजेको  थियो । मुम्बईले आइपिएल फाइनलको इतिहासकै सर्वाधिक कम पहिलो इनिङसको स्कोर बनायो। २० ओभरमा मुम्बईले १ सय २९ रन जोडेको थियो भने ८ विकेट गुमाएको थियो ।

सुरुवाती ब्याट्सम्यानहरु चल्न नसक्दा कतै मुम्बई इण्डियन्स हार्ने त होइन भन्ने धेरैले शंका गरेका थिए । क्रुनाल पाण्ड्याले ४७ रनको महत्वपूर्ण पारी खेलेपछि टोलीलाई गतिलो स्कोर दिलाउन सफल भए। एक समय ७९ रनको स्थितिमा ७ विकेट गुमाएको मुम्बईको लागि पाण्ड्याले ८ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरेका थिए।

लेन्डल सिमन्स ३ रन र पार्थिव पटेल ४ रनमा पेभेलियन फर्किंदा अम्बाटि रायुडूले १२ रनमात्र जोड्न सके। कप्तान रोहित शर्माले २४ रन बनाएका थिए।
पुनका लागि वासिङटन सुन्दरले कसिलो बलिङ गर्दै २ ओभरमा १३ रनमात्र खर्चे भने जयदेव उनदकट, एडम ज्याम्पा र ड्यान क्रिस्टियनले २ः२ विकेट लिए।

पुनेले पनि खेलमा राम्रो सुरुवात गरेको थियो तर, धेरैबेर भने व्याट्सम्यान टिक्न सकेनन् । मुम्बइ इण्डियन्सका बलरहरुको अगाडि कमजोर साबित भए पुनेका व्याट्स म्यान । पुनेले ओपनर राहुल त्रिपाठीलाई ३ रनमा गुमाएपनि कप्तान स्टिभ स्मिथ र अजिंक्या रहानेले पारीलाई सम्हालेका थिए। रहाने ३८ बलमा ४४ रन जोड्दै आउट भए ।

स्मिथले राम्रो खेल प्रर्दशन गरे । उनले अर्धशतक बनाए। मिचेल जोन्सनले लगातार २ विकेट लिएपछि मुम्बई खेलमा फर्कियो। स्मिथ लामो सट प्रहार गर्ने धुनमा ५१ रन बनाउँदै क्याच आउट हुन पुगे।

जितका लागि ४ रन चाहिएको स्थितिमा क्रिस्टियनले २ रनमात्र जोड्न सकेपछि पुने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २८ रनमात्र बनायो ।

The post राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले जित्यो आइपिएलको उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles