Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

के तपाईलाई थाहा छ आइपिएलका यी दश रोचक तथ्यहरु ?

$
0
0

एजेन्सी, ८ जेठ ऽ। इन्डियन प्रिमियर लिग १० का विजेता मुम्बइ इन्डियन्स् हैदराबादका राजिव गान्धीले अन्तराष्ट्रिय स्टेडियममा भएको एउटा रोमाञ्चक खेलमा राइजिङ पुने सुपरजायन्ट्सलाई एक रनले हराएको छ । सुरुमा कमजोर सुरुवात गरेको मुब्बई इन्डियन्सले अन्त्यतिर खेल सुधार्न सफल भयो र सन्तोषजनक नतिजा निकाल्यो । आज हामी यहाँ आइपिएलको यो सजिनसँग जोडिएका विनिन्न रोचक जानकारीहरु प्रस्तुत गर्दैछौं-

१. मुम्बई इन्डियन्सको टिमले यो समेत गरी तेस्रो पटक जित हासिल पारिसकेको छ । यस भन्दा अघिको खेलमा चेन्नाई सुपर किङ्स र कोलकता नाइटराइडर्स विजेता घोषित भएका थिए र यिनीहरु २ पटकसम्म विजेता भइसकेका छन् ।

२. जितपछि रोहित शर्मा आइपिएलको इतिहासमा सबैभन्दा सफल कप्तानका रुपमा स्थापित भएका छन् । उनको कप्तानीमा उनको टिमले २०१३, २०१५ र २०१७ मा जित हासिल गरिसकेको छ । उनी भन्दा पहिले महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किङ्गसले दुई पटकसम्म जित हासिल गरेको थियो र चार पटक रनर अप रहन सफल रहेको थियो ।

३. आइपिएल सिजन १० का विजेता मुम्बई इन्डियन्स्लाई १५ करोड रुपैँयाको पुरस्कार प्रदान गरिएको छ भने फाइनलमा जित्न असफल रहेका राइजिङ पुणे सुपर जायन्टस्लाई १० करोड प्रदान गरिएको छ ।

४. यस खेलमा सबैभन्दा बढी रन डेविड वार्नरले जोडेका छन् । सनराइर्जस हैदराबादका कप्तान वार्नरले १४ खेलमा ६४१ रन बनाएका थिए । चार अर्धशतक र एक शतक जमाउन सफल वार्नरले अरेन्ज क्यापको ट्रफी पाएका छन् ।

५. यसपालिको आइपिएल मा तीन खेलाडीले ह्याट्रिक गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलुरु का सैमुएल बद्रि, गुजरात लायन्सका एन्ड्रयु टाए र राइजिङ पुणे सुपर जायन्ट्सका जयदेव उनदकटले ह्याट्रिक गरेका हुन् । जसमध्ये एन्ड्रयु टाएले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर देखाए ।

६. यस खेलमा सबैभन्दा बढी विकेट हैदराबाद सनराइजर्सका बलर भुवनेश्वर कुमारले लिएका हुन् । उनले १४ खेलमा २६ विकेट लिएका थिए । २०१६ मा पनि पर्पल क्याप भुवनेश्वर कुमारले नै २३ विकेट लिएर कब्जा गरेका थिए ।

७. सिजन १० मा कुल पाँच शतक मात्रै देख्न पाइयो । यसमा दुई शतक किंग्स इलेवन पञ्जावको तर्फबाट खेलेका हाशिम अमलाले बनाए भने सञ्जु स्यामसन, डेभिड वार्नर र बेन स्टोक्सले बाँकी एक-एक शतक जोडे ।

८. यस पटको आइपिएल खेलमा कोलकोताका नरेनले १५ बलमा ५० रन बनाएका छन् भने डेविड वार्नरले ४३ बलमा शतक बनाएर सबैलाई चकित पारेका छन् ।

९. आईपीएल सिजन १० मा जम्मा ७०५ छक्का प्रहार भयो । यसमा सबैभन्दा धेरै छक्का किंग्स इलेवन पञ्जाबका कप्तान ग्लेन म्याक्सवेलको नाममा रह्यो । उनले १३ खेलमा २६ छक्का प्रहार गरे ।

१०. खेलको सबैभन्दा महत्वपूर्ण खेलाडीको टाइटल राइजिंग पुणे सुपरजायन्ट्सका बेन स्टोक्सको नाममा गयो । उनले ११ पारी खेलेर ३१६ रन बनाउनुका साथै १२ पारीमा १२ विकेट पनि चट्काए । पुनेले उनलाई १४.५ करोड भारुमा अनुबन्धित भएका थिए ।

The post के तपाईलाई थाहा छ आइपिएलका यी दश रोचक तथ्यहरु ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images