Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेष्टर युनाइटेडका पुर्व प्रशिक्षक सर एलेक्स फर्गुसनबारे रोचक तथ्यहरु

$
0
0

एजेन्सी, ९ जेठ । इंलिस क्लब म्यानच्यास्टर युनाइटेड क्लबका सफल प्रशिक्षक एलेक्स फर्गुसनको जन्म सन् १९३१, ३१ डिसेम्बरमा भएको थियो । स्कटिस खेलाडी फर्गुसनले सन् १९८६ मा म्यानच्यास्टर युनाइटेड क्लबको प्रशिक्षकको पद सम्हालेका थिए । सन् २०१३ मा उनले सन्यास लिएका थिए । विश्व फुटबल इतिहासमा प्रशिक्षकको रुपमा पाएको उनको सफलता भुल्नै नसकिने छन् । स्कटिस क्लबहरुमा फुटबल खेल्दा उनी स्टाइकरको रुपमा फुटबल खेल्ने गर्थे । सन् १९५५–५६ को स्कटिस लिगमा उनी टप स्कोरर पनि रहेका थिए ।

एलेक्स फर्गुसनबारे केही रोचक तथ्यहरु

– सर एलेक्स फर्गुसन म्यानच्यास्टर युनाइटेडमा रहिन्जेल १५०३ अंक जोड्न सफल भएका थिए ।
– फर्गुसन म्यानुमा भइन्जेल म्यानुले अंक तालिकामा तेस्रोभन्दा तल हुनु परेन ।
– म्यानच्यास्टर युनाइटेडबाट पाँचजना यस्ता विश्व चर्चीत खेलाडीहरु निस्किए जसको आज पनि चर्चा हुन्छ । रायन गिग्स, पाउल स्कोल्स, डेबिड बेकह्याम, ग्यारी नेभिल्ल, निक्की बट जसले ३०३८ पटक म्यानुबाट आफ्नो उपस्थिति जनाए ।
– सन् १९९६ मा म्यानच्यास्टर युनाइटेड च्याम्पियन्स र एफए कप प्रतिस्पर्धा गर्ने पहिलो इंलिस क्लब बन्यो ।
– सन् १९९७ मा युनाइटेड लिजेण्ड इरिक कानटोनाले म्यानुका लागि २२० खेलमा ६९ गोलको रेकर्ड राख्दै सन्यास लिए ।
– फर्गुसनको अपराजित यात्रा ४५ खेलसम्म रहेको छ । यो सन् १९९८ देखी १९९९ सम्म चलेको थियो ।
– म्यानच्यास्टर युनाइटेडको जर्सी लगाएर सबैभन्दा कम समय फुटबल खेल्ने खेलाडी हुन् क्रिस स्मलिङ । सन् २०१२ मा उनले ११ सेकेण्डमात्र खेल्न पाएका थिए ।
– चौधवटा खेलमा एक गोल पनि नखाएको इतिहास म्यानुले बनाएको थियो । सन् २००८–०९ मा भएका १४ खेलमा म्यानुले एक गोल पनि खाएको थिएन ।
– म्यानुलाई फर्गुसनले १४९८ खेल खेलाएका थिए । उनको जीत औस ५९.७१ प्रतिशत रहेको छ । त्यस्तै प्लस१४०४ गोल भिन्नता राख्न समेत उनी सफल भएका थिए ।
– सन् २००७–२००८ मा म्यानच्यास्टर युनाइटेडले पुरै सिजनमा २२ गोल खाएको थियो । यो सिजन सबैभन्दा कम गोल खाएको सिजनको रुपमा रह्यो ।

The post म्यानचेष्टर युनाइटेडका पुर्व प्रशिक्षक सर एलेक्स फर्गुसनबारे रोचक तथ्यहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles