एजेन्सी, २३ जेठ । न्युक्यासल युनाइटेडका पुर्व खेलाडी चेक टिओटेको ३० वर्षको उमेरमा मृत्यु भएको छ ।
चिनिया क्लब बेइजिंग इन्टरप्राइजेजबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो । इमरजेन्सी उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सोमबार बेलुका फुटबल मैदानमा ट्रेनिंगका क्रममाा उनी एक्कासी बेहोस भएका थिए । उनलाई तुरुन्त नै हस्पिटल लगिएको थियो । तर, ७ बजेतिर उनको मृत्यु भयो । उनको परिवारलाई यस दुखद घटनाबारे जानकारी दिएको समेत बताइएको छ ।
टिओटेको मृत्युको खबरले सबै उनका टिममेटहरु आश्चर्यमा परेका छन् । पुर्व प्रशिक्षकदेखि खेलाडीहरुले दुःख व्यक्त गरेका छन्।
साढे चार वर्ष इंग्लिस क्लब न्युक्यासलमाा बिताएका उनले आर्सनलविरुद्ध भएको एक खेलमा सानदार भली गोल गरेका थिए।
चिनियाँ क्लब पुगेपछि पनि क्लबमा धेरै सुधार ल्याउन उनले प्रमुख भुमिका खेलेको मिडिया रिपोर्टमा उल्लेख छ ।
The post न्युक्यासल युनाइटेडका पुर्व खेलाडी टिओटेको ३० वर्षको उमेरमा मृत्यु appeared first on Sajha Post.