Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पुनः जुम्ल्याहा सेरोगेट सन्तानका बुवा बने रोनाल्डो

$
0
0

एजेन्सी, २९ जेठ । रियल मड्रिडका फुटबल स्टार क्रिश्चियानो रोनाल्डो पुनः सरोगेट जुम्ल्याहा सन्तानका बुवा बनेका छन् । उनको सेरोगेसी जुम्ल्याहा  छोराछोरी इभा र म्याटियोको विहीबार जन्म भएको पोर्चुगलका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त गोप्य कुरालाई हालसम्म क्रिश्चियानो रोनाल्डोले विश्वबाट लुकाएका थिए । उनको पहिले नै क्रिश्चियानो रोनाल्डो जुनियर क्रिश्चियानिन्हो नाम गरेको छ वर्षीय छोरा छ । उनी पनि सरोगेट बच्चा नै रहेको बताइन्छ ।

हाल स्पानिस सुन्दरी जर्जिना रोड्रिगिजसँग सम्बन्धमा रहेका रोनाल्डोले २०१० जुलाईमा आफु बुवा बनेको कुरा ट्वीटर र फेसबुकमार्फत सार्वजनिक गरेका थिए । रोनाल्डोकी आमा डोलोरेस एभाइरोले जुलाई २०१४ मा प्रकाशित भएको एक आधिकारिक बायोग्राफीमा क्रिश्चियानिन्होलाई फ्लोरिडाको एउटा निजी अस्पतालबाट उठाएर ल्याएको कुराको खुलासा गरेकी थिइन् ।

रोनाल्डोकी दिदी काटिया एभाइरोले क्रिश्चियानिन्होको दुईजना म्याक्सिकन आमा रहेको बताए पनि रोनाल्डो र उनको परिवारले भने उनको छोरो सेरोगेट बच्चा भएको विषयमा बताउन अस्वीकार गर्दै आएका छन् । काटियाले भने क्रिश्चियानिन्होको दुवै आमा म्यासिकन रहेको र एकजनाले गर्वधारण गरी उनलाई अर्कोले जन्म दिएको बताउँदै आएकी छिन् ।

बच्चाको आमा एक गरिब अमेरिकी वेट्रेस रहेको र आफ्नो पहिचानलाई गोप्य राखेर बच्चा आफुलाई हस्तान्तरण गरेबापत रोनाल्डोले उनलाई १० मिलियन डलर दिएको एजेन्सीले दावी गरेको छ ।

हालै रोनाल्डोकी प्रेमिका जर्जिना पनि गर्भवती भएको खबरहरु सार्वजनिक भएका थिए । तर, रोनाल्डोकी आमाले भने उक्त खबर अफवाह भएको बताएकी थिइन् ।

रोनाल्डोको हालको सेरोगेट जुम्ल्याहा आमा भने अमेरिकाको पश्चिमी तटको रहेकी बेलायती पत्रिका डेलीमेलले एजेन्सीहरुलाई उद्धृत गर्दै लेखेको छ ।

रोनाल्डो र उनका सहयोगीहरुले भने उक्त खबरलाई आधिकारिकरुपमा निश्चित गरेका छैनन् । तर, पोर्चुगलका चर्चित संचार माध्यम र अन्य अन्तराष्ट्रिय माध्यमले भने उक्त खबरलाई तिव्रताका साथ प्रचार गरिरहेको छ ।

 

The post पुनः जुम्ल्याहा सेरोगेट सन्तानका बुवा बने रोनाल्डो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles