एजेन्सी, ६असार । सोमबार राति भएको कन्फेडेरेशन कपमा जर्मनीले अष्ट्रेलियाविरुद्ध ३-२ को कठिन जित निकालेको छ । अति नै रोमाञ्चक खेलमा जर्मनीले लार्सको गोलमार्फत अग्रता लिएको थियो ।
अष्ट्रेलियाका लागि टम रोजिकले ४१ औ मिनेटमा बराबरी गोल फर्काए । तर,पहिलो हाफको खेल सकिन केही जमिनेट रहँदा जर्मनी पेनाल्टी पायो । जुलिएनले जर्मनीका लागि गोल गर्दै अग्रता दिलाए ।
खेलको दोस्रो हाफको सुरुवातमै लियोनले जर्मनीका लागि तेस्रो गोल गरे । खेलमा फर्कन खाजेको अष्ट्रेलियाका लागि टम जुरिकले ५६ औ मिनेटमा गोल फर्काए । जर्मनीले यो जितसँगै महत्वपुर्ण तीन अंक जोडेको छ ।
The post कन्फेडेरेशन कपः जर्मनीको कठिन जित appeared first on Sajha Post.