Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक जोसे मोउरिनोलाई लाग्यो कर छलीको आरोप

$
0
0

एजेन्सी, ७ असार । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोलाई कर छलीको आरोप लागेको छ । उनले स्पेनीस क्लब रियल मैड्रिडको प्रशिक्षक हुदाँ २.९

मिलियन पाउण्ड कर छली गरेको आरोप लागेको हो । स्पेनिस इल पाइसले दिएको जानकारी अनुसार कर छली गर्नेमा अन्य धेरै खेलाडीहरु पनि रहेका छन् ।

केही दिन अगाडि पोचुर्गी स्टार रोनाल्डोलाई समेत कर छलीको आरोप लागेको थियो । उनले सन् २०११ देखि २०१४ सम्म १३ मिलियन पाउण्ड कर छली गरेको आरोप लागेको थियो । यो आरोप पछि उनले स्पेन नै छाड्ेन निर्णय गरेका थिए ।

प्रशिक्षक मोउरिनोले सान्टियागो बर्नबाउमा तीन कार्यकाल बिताएका थिए । त्यसपछि पुनः पुरानो क्लब चेल्सीमा फर्केका थिए । त्यो समय अवधिमा उनले कर छली गरेको आरोप लगाइएको हो ।

The post प्रशिक्षक जोसे मोउरिनोलाई लाग्यो कर छलीको आरोप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles