Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यूएईसँग नेपालको लज्जास्पद हार

$
0
0

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनौट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग लज्जास्पद हारको सामना गरेको छ ।

समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमै आयोजक यूएईसँग ५–० गोल खाएर पराजित भएको हो । नेपाली टोलीले पहिलो हाफमै चार गोल खाएको थियो ।

खेलको सुरुआत देखिनै सम्हालिन नसकेको नेपालविरुद्ध यूएईले आठौं मिनेटमै खाता खोलेको थियो । त्यसपछि यूएई २० औं, २३ औैं र ३३ औं मिनेटमा गोल गर्न सफल रह्यो । नेपालले चौथो गोल पेनाल्टीमा खाएको थियो ।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि नेपाल ६० औं मिनेटमा पाँचौं गोल खान पुग्यो ।

साउन ४ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको दोस्रो खेलमा नेपालले साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ ।

The post यूएईसँग नेपालको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles