Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलको लज्जास्पद हार

$
0
0

एजन्सी, १२ भदौ । आइतबार राति भएको प्रिमियर लिगमा आर्सनल लिभरपुलसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको छ । यो आर्सनलको लज्जास्पद हार हो ।

लिभरपुलले पहिलो मिनेटदेखि नै आर्सनलमाथि दबदबा बनाइ राखेको थियो । खेलको १७ औ मिनेटमा रोबर्टो फिरिमिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ४० औ मिनेटमा साइडो मानेले सानदार दोस्रो गोल गरे । लिभरपुल यतिमात्र रोकिएन ।

लिभरपुलमा यसै सिजन आएका मोहमम्द सलाहले काउन्टर अट्याकमा उत्कृष्ट गोल गरे । खेलको ७७ औ मिनेटमा ड्यानियल स्टरिजले चौथो गोल गरे ।

त्यस्तै अन्य खेलमा इभर्टन चेल्सीसँग २-० गोलले पराजित भएको छ । चेल्सीका लागि फाब्रिगास र अल्भारो मोराटाले एकएक गोल गरेका थिए । टोटनहम भने बन्र्लीसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

The post आर्सनलको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles