Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालले अाज बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्दै

$
0
0

काठमाडाैं, १३ भदाै । नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण भलिबल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार रहेको बताएका छन् ।

नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ । तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्रा्ष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले आज र भोलि बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो ।

यो खेल नेपालका लागि स्तर उकास्ने अवसरका रुपमा रहेको छ । यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा यी दुई राष्ट्र आमने सामने हुँदा बंगलादेशले नेपाललाई हराएको थियो । यसपटक घरेलु कोर्टमा नेपाल उक्त हारको बदला लिने अभियानमा रहेको छ।

The post नेपालले अाज बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles