Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा खराब सुरुवात गरेको आर्सनललाई चौतर्फी दबाब

$
0
0

एजेन्सी, १४ भदौ । आर्सनलका स्टार खेलाडी एलेक्सिस सान्चेजले क्लब छाड्ने निर्णय गरेका छन् । तर, आर्सनलले भने उनलाई बेच्न चाहिरहेको छैन ।

प्रिमियर लिगमा खराब सुरुवात गरेको आर्सनलले यस सिजन पनि कुनै उपाधि नजित्ने संकेत देखेपछि उनले यस्तो निर्णय लिएका हुन् ।

यस अघि आर्सनल कै खेलाडी अक्सलेड च्याम्बरलेनले क्लब छाडिसकेका छन् । उनी म्यानचेस्टर सिटी ३५ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए । सान्चेजलाई पनि सिटीले नै किन्न खोेजिरहेको छ ।

सिटीले आर्सनल सामु ५० मिलियन पाउण्डको प्रस्ताव राखेको थियो । तर, आर्सनलले उक्त प्रस्ताव अस्विकार गरेको छ । सान्चेजको आर्सनलसँगको सम्झौता सकिन अब एक वर्षमात्र बाँकी रहेको छ ।

यस्तो अवस्थामा आर्सनल निकै दबाबमा रहेको छ । क्लबमा खेलाडीहरु पनि निरुत्साहित देखिएका छन् । आर्सनलका फ्यानहरुले प्रशिक्षकलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

क्लबले भने गएको सिजनको अन्तिममा आर्सने विइगरसँग थप दुई वर्षको सम्झौता गरेको थियो । प्रिमियर लिगको खराब सुरुवातसँगै अब क्लबले कस्तो कदम लिने हो सबैको चासोको विषय बनेको छ ।

The post प्रिमियर लिगमा खराब सुरुवात गरेको आर्सनललाई चौतर्फी दबाब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles