Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको अन्तिम आश

$
0
0

एजेन्सी, १५ भदौ । खेलाडी किनबेच नजिकिदै गर्दा प्रिमियर लिग क्लबहरु र स्पेनिस क्लबहरुमा ठुलो दबाब र तनाब थपिएको छ । लामो समयदेखि लिभरपुलका खेलाडी किन्न खोजिरहेको बार्सिलोना निराश बन्ने अवस्था आएको छ ।

चारपटकसम्म बार्सिलोनाले फिलिपिनो कोटिन्होलाई किन्ने प्रस्ताव राखेको थियो । तर, खेलाडी किनबेच गर्ने अन्तिम दिन भइसक्दा पनि लिभरपुल आफ्नो बोलीमा अडिग रहेको छ ।

लिभरपुलले बार्साको ११९ मिलियन पाउण्ड प्रस्ताव अस्वीकार गरेको थियो । बार्सिलोनाले मोउसुवा डेमबेले भने किन्न सफल भएको छ ।

स्पेनिस क्लबमा बलियो मानिएको बार्सिलोना नियमारले छोडेपछि भने चौतर्फी रुपमा आलोचित बनेको थियो । प्रतिस्पर्धी टोली रियल मड्रिडले लगातार उपाधिहरुमा दबदबा बनाएपछि बार्सिलोना स्टार खेलाडीहरु किन्ने दौडमा रहेको छ ।

The post बार्सिलोनाको अन्तिम आश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles