एजेन्सी । विश्वकप छनोट खेलमा अर्जेन्टिनालाई थप दबाब सिर्जना भएको छ । बिहिबार राति भएको खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल खेलेपछि विश्वकप छनोट हुन अर्जेन्टिनामाथि दबाब थपिएको हो ।
अर्जेन्टिनाले नयाँ प्रशिक्षक सामपोलीलाई नियुक्ति गरेपछि अन्तराष्ट्रिय खेलमा सुधार हुने अपेक्षा लिइएको थियो । अर्जेन्टिनालाई सबै खेल जित्नै पर्ने दबाब रहेको छ ।
यस्तो अवस्थामा अब अर्जेन्टिनाले अर्को खेलमा कस्तो प्रदर्शन गर्ने हो त्यो चासोको विषय बनेको छ ।
त्यस्तै पारग्वेले चिलीलाई ३-० गोलले पराजित गरेको छ । चिलीलाई तब झट्का लाग्यो जब भिडालले २४ औ मिनेटमा आत्मघाती गोल गरे । ५४ औ मिनेटमा भिक्टरले दोस्रो गोल गरे ।
खेलमा फर्कने कोसिस गरेको चिलीको आश तब मर्यो जब रिचार्ड ओट्रचले पारग्वेका लागि ९० मिनेटमा तेस्रो गोल गरे ।
अंक तालिकामा अर्जेन्टिना र चिलीको समान २३ अंक रहेको छ ।
The post अर्जेन्टिना बराबरीमा सिमित, चिली चिप्लियो appeared first on Sajha Post.