बैंग्लोर, १ जेठ । इण्डियन प्रिमियर लिग ‘आईपीएल’को इतिहासमै नयाँ चमत्कार भएको छ । २० ओभर क्रिकेटकै निकै दुर्लभ मानिने रेकर्ड कायम गर्ने क्रममा रोयल च्यालेञ्जर्स बैंग्लोरका दुई खेलाडीले एकै इनिङमा शतक प्रहार गरेका छन् ।
यसक्रममा एबी डिभिलियर्स र विराट कोहलीले शतक प्रहार गरेका हुन् । टी-ट्वान्टी जम्मा १ सय २० बल हुने भएकाले दुई ब्याट्सम्यानले एकै इनिङमा शतक प्रहार गर्नु निकै नै दुर्लभ कुरा हो ।
यद्यपी यसअघि इंग्लीश क्रिकेटमा २०११ मा Gloucs का दुई ब्याट्सम्यानले Middlesex विरुद्ध एकै इनिङमा शतक प्रहार गरेका थिए ।
यससँगै विराट कोहलीले आईपीएलको इतिहासमा एकै सिजन ३ शतक प्रहार गर्ने खेलाडीको किर्तिमान पनि बनाएका छन् । अन्य कुनै पनि ब्याट्सम्यानले आईपीएलको एकै सिजनमा तीन शतक बनाएको छैन ।
विराटले आजकोसहित २ शतक गुजरात लायन्स र १ शतक किंग्स इलाभेन पञ्जावविरुद्ध बनाएका हुन् । यद्पयी विराटले पहिलो शतक बनाएको खेलमा उनको टिम पराजित भएको थियो ।
विराट र एबीको चामत्कारिक पारीको मद्दतमा आरसिबीले लायन्ससामु २ सय ४९ रनको चुनौती पेश गरेको छ । आरसिबीले २० छक्का र १६ चौका प्रहार गरेको छ ।
The post टी-ट्वान्टी क्रिकेटमा नयाँ चमत्कार, एकै इनिङमा दुई शतक ! appeared first on Sajha Post.