एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीको ब्यटिङ देखेर जो कोही पनि अचम्मित छन् । विश्वकप टी-ट्वान्टी होस् या आइपीएल हरेक टूर्नामेन्टमा उनको ब्याट गज्जबसँग चलिरहेको छ ।
यहाँसम्म कि जारी आइपीएल टी-ट्वान्टीमा विराटले १३ खेलमा ४ शतकसहित साढे ८ सय रन प्रहार गरिसकेका छन् । यो आइपीएलको इतिहासमा एकै सिजन एक व्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । त्यतिमात्रै होइन उनले आइपीएलमा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यानको रेकर्डसमेत बनाइसकेका छन् ।
उनको चामत्कारिक ब्याटिङ देखेर अचम्मित भएका आइपीएल टिमका कोचहरुमात्रै होइन क्रिकेटर र पत्रकारहरुले पनि विराट कोहलीलाई एउटा प्रश्न सोध्ने गरेका छन् । तर, सो प्रश्नको जवाफ स्वयम् विराटसँग पनि छैन ।
खासमा सबैले विराटसँग सोध्ने गरेको प्रश्न हो, ‘के विराट आफ्नो क्रिकेट करियरमा ब्याटिङको चरमोत्कर्षमा पुगेको हो ?’ तर विराट जवाफ दिन सक्दैनन् । सञ्चारकर्मीको यस्तै जिज्ञासामा उनी भन्छन्,
‘वास्तवमै म आफ्नो करियरको चरमोत्कर्षमा पुगेको हुँ या होइन त्यो मलाई नै थाहा छैन । यस्तो लाग्दैछ कि मैले २ महिना अघिदेखि नै खेल्न सुरुआत गरेको हुँ । आइपीएलमा सामेल कोचहरु पनि मलाई नियमित सोध्ने गर्नुहुन्छ, के विराट कोहली आफ्नो उत्कर्षमा छ ? तर म यतिमात्र भन्नसक्छु, मैले पहिलेको तुलनामा निकै नै राम्रो हिट गर्न सकेको छु । म कुनै पनि कुरा सोच्नुभन्दा यसको आनन्द लिन चाहन्छु । म पहिले यति शान्त रहँदैन थिएँ । मैले एउटा क्रिकेटरको रुपमा मात्र होइन, एउटा व्यक्तिको रुपमा पनि आफूमा सुधार गर्नुपर्ने छ ।’
कुनै पनि खेलाडी एक समय आफ्नो करियरको उत्कर्षमा हुन्छ । त्यतिबेला उसले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन दिन सक्छ । विस्तारै त्यो ह्रास हुँदै जान्छ । त्यो करियरकै उत्कर्षको क्षण कति रहने भन्नेचाहीँ खेलाडीअनुसार फरक पर्छ ।
केही महिनाअघि सकिएको टी-ट्वान्टी विश्वकपमा म्यान अफ द सिरिज बनेका विराट आइपीएलमा पनि म्यान अफ दि सिरिज बन्ने लगभग पक्का छ । प्रतियोगिताको १३ खेलमा विराटले ४ शतक र ५ अर्ध शतक प्रहार गरेका छन् ।
The post अविश्वसनीय ब्याटिङ देखेर विराटसँग कोचहरुले नै सोध्न थाले यस्तो प्रश्न, तर जवाफ छैन appeared first on Sajha Post.