काठमाडौं, १० जेठ । कप्तान विराट कोहलीको एक अर्को अर्धशतकको बलमा रोयल च्यालेन्जर्स बैंग्लोर आइतबार राति भएको खेलमा दिल्ली डेयरडेविल्सलाई ६ विकेटले हराउँदै प्ले अफमा उक्लिएको छ । यो बैंग्लोरको लगातार चौथो जीत हो । बैंग्लोर अहिले अंक तालिकाको दोस्रो स्थानमा छ ।
गर या मरको खेलमा दिल्लीले दिएको १३९ रनको लक्ष्य पछ्याउँदै आरसिबीका कप्तान कोहलीले ४५ बलमा ६ चौका हान्दै ५४ रन बटुलेका थिए । आरसीबीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएर सजिलो जीत दर्ता गर्न सक्यो ।
कोहलीले लोकेश राहुल (३६) सँगै तेस्रो विकेट गुमेको अवस्थामा ६६ रन साझेदारी गरे । आरसीबीको पछिल्लो सात खेलमा यो छैटौं जित हो र यो टिमले आफ्नो लिग अभियानमा १४ खेलमा ८ जित निकाल्दै १६ अंक प्राप्त गरेको छ ।
यो पराजयसँगै दिल्लीले १४ खेलमा सात जित निकाल्दै १४ अंक प्राप्त गर्न सक्यो र प्ले अफमा छानिन सकेन ।
The post कोहलीको अर्धशतकसँगै दिल्लीलाई हराउँदै प्ले अफमा बैंग्लोर appeared first on Sajha Post.