एजेन्सी, १६ भदौ । शुक्रबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ ।
विश्वकप छनोट खेलमा सानदार प्रदर्शन गर्दै आइरहेको ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ । पराजित इक्वेडरलाई भने विश्वकप छनोटमा नहुने सम्भावना बढ्दै गएको छ ।
पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेको थिए ।
तर, दोस्रो हाफमा यसै सिजन बार्सिलोना आएका स्टार खेलाडी पौलिन्होले ७० औ मिनेटमा गोल गरे । खेलको ७७ औ मिनेटमा फिलिपिन्हो कोटिन्होले गोल गरे । यो जितसँगै ब्राजिलको ३६ अंक रहेको छ ।
The post ब्राजिलको सहज जित appeared first on Sajha Post.